मेलमिलाप गरौँ, सम्बन्ध बढाओँ

बाणगङ्गा नगरपालिका
विद्युतीय न्याय व्यवस्थापन प्रणाली
(इजलास)

सूचना

  • न्यायिक समितिको अधिकारक्षेत्रः न्यायिक समितिको देहायका विवादको निरुपण गर्ने अधिकार हुनेछ,
  • (क) आलीधुर,बांध पैनी, कुलो वा पानीघाटको बाडफाड तथा उपयोग,
  • (ख) अर्काको बालि नोक्सानी गरेको ,
  • (ग) चरन, घांस, दाउरा
  • (घ)ज्याला मजुरी नदिएको
  • (ङ) घरपालुवा पशुपक्षक्षी हराएको वा पाएको ,
  • (च) जेष्ठ नागरिकको पालनपोषण तथा हेरचाह नगरेको
  • (छ) नाबालक छोरा छोरी वा पति-पत्निलाई इज्जता आमद अनुसार खान लाउन वा शिक्षा दीक्षा नदिएको,
  • (ज) बार्षिक पच्चीस लाख रुपैयाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा,
  • (झ) अन्य व्यक्तिको घर, जग्गा वा सम्पतिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको,
  • (ञ) आफ्नो घर वा बलेसीबाट अर्काको घर, जग्ग वा सार्बजनिक बाटोमा पानी झारेको,
  • (ट) सँधियारको जग्गा तर्फ झयाल राखी घर बनाउनु पर्दा कानुन बमोजिम छोड्नु पर्ने परिमाण्को जग्गा नछोडी बनाएको,
  • (ठ) कसैको हक वा स्वामित्वमा भए पनि परापुर्बदेखि सार्बजनिक रुपमा प्रयोग हुदै आएको बाटो, बस्तुभाउ चराउने चौर, कुलो, नहर, पोखेरी, पाटी पौवा, अन्त्यष्टि स्थल, धार्मिक स्थल, वा अन्य कुनै सार्बजनिक स्थलको उपयोग गर्न नदीएको वा बाधा पुर्याएको,
  • (ड) सङ्घीय वा प्रदेश कानुनले स्थानीय तहबाट निरुपण हुने अनी तोकेको अन्य विवाद
  • २ . न्यायिक समितिलाई देहायका विवादहरुमा मेलमिलपको माध्यमबाट मात्र विवादको निरुपण गर्ने अधिकार हुनेछः
  • (क) सरकारी, सार्बजनिक वा सामुदायिक बाहेक एकाको हकको जग्गा अर्कोको चापी, मिची वा घुसाई खाएको,
  • (ग) सरकारी, सार्बजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरुको जग्गामा घर वा कुनै संरचना बनाएको,
  • (ङ) सरकारी, सार्बजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरुको जग्गामा घर वा कुनै संरचना
  • मेलमिलापकर्ताको रुपमा सूचीकृत हुने सम्बन्धमा ।

हाम्रो बारेमा

नेपालको संविधानले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना गरी राज्यको मूल संरचना संघ, प्रदेश र  स्थानीय तह हुने तथा तीनवटै तहबाट  संविधान र कानून बमोजिम राज्य शक्तिको प्रयोग गर्ने व्यवस्था गरे अनुरुप नेपालको वर्तमान संविधानको भाग १७ धारा २१७ ले स्थानीय स्तरका विवाद स्थानीय स्तरमै समाधान तथा न्याय निरुपण गर्नका लागि गाउँपालिका तथा नगरपालिकामा तीन सदस्यीय न्यायिक समिति रहने व्यवस्था गरेकोले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा  ४६ बमोजिम बाणगंगा नगरपालिकामा पनि तीन सदस्यीय न्यायिक समिति  गठन गरिएको छ ।

विस्तृत जानकारीको लागी:

सन्तोष बहादुर थापा (उजुरी प्रशासक) ९८४७५४४४७१

आदित्या नारायण खनाल (सहायक उजुरी प्रशासक) ९८४३७०००८७